Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुनसुकै बैंकको एटीएम चलाउनुहोस्, अब कहिल्यै शुल्क लाग्दैन


    आइतबार, भाद्र १४ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क अब देखि नलाग्‍ने भएको छ । यसअघि कोरोना संक्रमण बढेको अवस्थामा जुनसुकै एटीएमबाट पैसा निकाल्दा पनि शुल्क लिन नपाइने व्यवस्था थियो । तर राष्ट्र बैंकले यो व्यवस्थालाई स्थायी बनाएको छ । योसँगै अब अन्य बैंकको एटीएम प्रयोग गरेबापत अर्को व्यवस्था नगरेसम्म कहिल्यै शुल्क लाग्ने छैन।

    नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार परिपत्र जारी गर्दै यो व्यवस्थालाई सधैंको लागि लागू गरेको हो । राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गरेको थियो । 

    योसँगै अब देखि नेपालभित्रका कुनै बैंक तथा वित्तीय संस्थाले जारी गरेको डेबिट कार्ड प्रयोग गरेर जुनसुकै एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । विदेशबाट हुने कारोबारमा भने यस्तो शुल्क लिन बन्देज गरिएको छैन ।

    यसअघि भने यस्ता कारोबारमा प्रति कारोबार ३० रुपैंया देखि २५० रुपैंयासम्म लिने ग रिृको थियो ।

    एटीएम मेसिनमा समस्या आउँदा तत्कालै बैंकका प्रतिनिधिलाई सम्पर्क गर्न सक्नेगरी सम्बन्धित व्यक्तिको नाम र मोबाइल नम्बर समेत एटीएम काउन्टरमा राख्नुपर्ने व्यवस्था समेत गरिएको छ । 

    कारोबारको सीमामा हेरफेर

    एटीएम प्रयोग बापत शुल्क लिन नपाउने व्यवस्था गरेसँगै राष्ट्र बै‌ंकले कारोबारको सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यस्तै एकपटकमा २५ हजार र एक दिनमा १ लाखसम्मको सीमा कायम गरिएको छ ।  

    बैंकबाहेक अरु भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेडकार्ड जारी गर्न पाउने भएका छन् । यसअघि त्यस्ता संस्थालाई प्रिपेड कार्ड जारी गर्ने अनुमति थिएन । तर, बैंक तथा वित्तीय संस्थालाई १ लाखसम्मको कार्ड जारी गर्ने अनुमति दिँदा त्यस्ता संस्थालाई २५ हजारको सीमा कायम गरिएको हो । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार