धरान । कोरोना संक्रमणका कारण धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ।
अस्पतालका अनुसार धरान-१७ की ७४ वर्षीया वृद्धा र धरान-१७ का ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो। उनीहरू आमा-छोरा हुन्।
संक्रमित वृद्धाको आइतबार बिहान साढे ८ बजे र पुरुषको बिहान ७:४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । दुवै शनिबार साँझ अस्पतालमा भर्ना भएका थिए।
मृतक वृद्धामा मधुमेह, उच्च रक्तचापको समस्या रहेको र उनीमा अत्यधिक खोकी, श्वाससप्रश्वासमा समस्या आएको थियो। एक सातादेखि सो समस्या भएकी उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो।
यस्तै पुरुष पछिल्लो १० दिनदेखि अत्यधिक खोकी, ज्वरो र श्वाससप्रश्वासमा समस्या आइ अस्पतालमा भर्ना भएका हुन् । दुबैको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।