काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अङ्कले घटेर ३४८.७९ विन्दुमा पुगेको छ
यसअघि बिहीबार कारोबारमा भने नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७७ विन्दुमा अडिएको थियो थियो । सोही दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा १५ कम्पनीमा वृद्धि भएको छ । २०१ कम्पनीमा ओरालो लागेको छ । कारोबारको आधारमा नविल बैंक र सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीहरुको ५ करोड ७८ लाखको कारोबार गरेको छ ।
आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै हाइड्रोपावर सुचकको २.३५ प्रतिशतलेमूल्य घटेको छ ।
कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । यस कम्पनीले सर्वाधिक कमाएको छ। सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशतको सेयर कारोबार भएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend