Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्यो कोरोना संक्रमित प्रहरीको संख्या , देशभर १,५६७ जनामा संक्रमण पुष्टि


    आइतबार, भाद्र १४ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणको अवस्थामा फ्रण्टलाइमा खटिएर काम गरिरहेका प्रहरीमा कोरोना संक्रमण देखिने क्रम बढ्दो छ ।  हालसम्म प्रहरीका दुई डीआईजीसहित कुल १५ सय ६७ जनामा कोरोना पुष्टि भैसकेको छ । तीमध्ये ८ सय ९३ जना सक्रिय संक्रमित छन् ।

    ६ सय ७४ जना भने उपचारपछि डिस्चार्ज भैसकेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका २ सय ७८ जना सक्रिय संक्रमित छन् ।

    प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २ सय ८, प्रदेश २ मा १ सय २९, बागमती प्रदेशमा ४१, गण्डकीमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार