Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • होम आइसोलेशनमा रहेका भक्तपुरका कोरोना संक्रमितको मृत्यु


    आइतबार, भाद्र १४ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेशनमा रेहका  भक्तपुरका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिका १ दूधपाटी निवासी ६५ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको हो । योसँगै भक्तपुरका कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

    मृतकमा मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको बताइएको छ । मृतक पुरुष पेसाले सुन व्यवसायी थिए । मृतकको शव व्यवस्थापनको जिम्मा सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणलाई दिइएको छ । 

    यसअघि शुक्रबार भक्तपुरकी ६२ र्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

    शनिबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । तीमध्ये ७४ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज समेत भैसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार