Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज सुन-चाँदीको मूल्य


    आइतबार, चैत्र २६ २०७९
    3.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    यस्तै, आज आइतबार चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको जनाएको छ । गत शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको महासंघले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार