Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • कोरोना संक्रमितको सम्पर्कमा आएका तीन मन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ


    आइतबार, भाद्र १४ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका तीन मन्त्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुमक्त ढकाललगायतका पदाधिकारीको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री पोखरेल सीसीएमसीका संयोजक हुन भने थापा र ढकाल सदस्य हुन् । 

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यालय छाउनीमा आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

    प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका बैठकमा सहभागीहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको हो । सबै पदाधिकारीको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । 

    यसअघि ती कर्मचारीमा कोरोना पुष्टि भएसँगै बैठकमा सहभागी सबैजना आइसोलेशनमा बसेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार