नयादिल्ली । करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला।
एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ ।
उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैंसी ल्याईएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्याे भैंसीको मुल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैंसीको मूल्यसहित यसको शारीरिक बनावटकाे पनि चर्चा परिचर्चा हुन थालेकाे छ । त्याे भैंसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।
घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी सुरू भएकाे हाे ।
घोलु–२ काे मात्रै होइन, त्यसवाट जन्मेका देखी हजुरबुवासम्मको पनि मुल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हाे । हालै मुजफ्फरनगरमा ल्याईएको घोलु–२ का हजुरबुवा घोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।
सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेकाे छ, त्यसपछि त्यसलाइ मुजफ्फरनगरमा ल्याइएकाे हाे ।
घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन ।
आजतकका अनुसार त्यसैले त घोलुका परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाईएको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend