नयादिल्ली । करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला।
एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ ।
उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैंसी ल्याईएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्याे भैंसीको मुल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैंसीको मूल्यसहित यसको शारीरिक बनावटकाे पनि चर्चा परिचर्चा हुन थालेकाे छ । त्याे भैंसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।
घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी सुरू भएकाे हाे ।
घोलु–२ काे मात्रै होइन, त्यसवाट जन्मेका देखी हजुरबुवासम्मको पनि मुल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हाे । हालै मुजफ्फरनगरमा ल्याईएको घोलु–२ का हजुरबुवा घोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।
सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेकाे छ, त्यसपछि त्यसलाइ मुजफ्फरनगरमा ल्याइएकाे हाे ।
घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन ।
आजतकका अनुसार त्यसैले त घोलुका परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाईएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend