Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा ९९ कोरोना संक्रमित थपिए


    शुक्रबार, चैत्र २४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ६३५ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

    तीमध्ये १७७ पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ४५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जना कोरोना देखिएको मन्त्रालयले बताएको छ ।

    यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७३ जना पुगेको छ । शुक्रबार मात्रै कोरोनाबाट २६ जना निको भएर घर फर्किएका छन् । यसअघि बिहीबार ८५ जनामा कोरोना देखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार