Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतिमा हुँदैछ आज सुन-चाँदीको कारोबार ?


    शुक्रबार, चैत्र २४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार