Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिश्चियन महिलासँग बोलेको आरोपमा मुस्लिम युवक कुटिए


    शुक्रबार, चैत्र २४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिश्चियन महिलासँग बोलेको आरोपमा एक भारतीय मुस्लिम युवक कुटिएका छन् । दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट भएको हो ।

    कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट गर्ने चार जनालाई गिरफ्तार गरिएको बीबीसी हिन्दीले जनाएको छ । मंगलबार मात्र ती मुस्लिम युवकमाथि बेलतांगडीमा कुटपिट भएको प्रहरीले जनाएको छ ।

    गाडीमा बसेकी क्रिस्चियन महिलासँग बोलेको भन्दै गाडीमै सवार अन्य युवकहरुले कुटपिट गरेका थिए । कुटपिट गर्ने दिनेश, नितेश, अविनाश र सचिन ती क्रिस्चियन महिलाकै चिनजानका व्यक्ति भएको बताइएको छ । उनीहरु ती क्रिस्चियन महिलाकै चिनजानका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार