Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पाँच हजार गाँजाका बोट नष्ट


    आइतबार, भाद्र १४ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आजसम्म गरी चालु आवमा विभिन्न स्थानमा फैलिएको अवैध लागुऔषध गाँजाका पाँच हजार बोट फँडानी गरेको छ । सूर्यगढी गाउँपालिका–१ स्थित लच्याङ र जोङ्डाँडामा विभिन्न व्यक्तिका आँगन तथा करेसाबारीमा प्राकृतिकरुपमा उम्रिएका करीब दुई रोपनी जग्गामा फैलिएको अन्दाजी ३५० बोट गाँजा प्रहरीले आज फँडानी गरेको छ ।

    साथै बेलकोटगढी नगरपालिका–९ सिरान टोल र पोख्रेल टोल वरिपरि एवं सडकका छेउछाउका भूभागमा रहेका चार रोपनी जग्गामा फैलिएको पाँच सय गाँजाको बोट फँडानी गरिएको छ । त्यस्तै विदुर नगरपालिका–२ सीतापोखरी र तीनधारेमा दुई रोपनी जमीनमा फैलिएको गाँजाकाा ३५० बोट गरी जम्मा आठ रोपनीमा फैलिएको एक हजार दुई सय बोट गाँजाको बोट पनि फँडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । प्रनि फुयाँलका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी, सोही मातहतका स्थानमा रहेको इलाका प्रहरी कार्यालय चोगदे, प्रहरीचौकी बागखोरको संयुक्त टोली र स्थानीयवासीको सहकार्यमा गाँजा फडानी गरिएको हो । उहाँले आव २०७७÷७८ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी साढे २५ रोपनीमा फैलिएको पाँच हजार गाँजाका बोट फँडानी गरी नष्ट गरिनाका साथै आगामी दिनमा कहीँकतै देखिएमा फँडानी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार