Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ


    बिहिबार, चैत्र २३ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् ।

    आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताए ।

    यसपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

    साथै आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ)लाई ध्यानमा राखेर आफ्नो धारणा राख्न निर्देशन दिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार