Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरब्याज पीडितको अडान: वार्ता गर्न गृहमन्त्री शान्ति बाटिका आउनु पर्ने


    बिहिबार, चैत्र २३ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा आएर आफूहरूसँग वार्ता गर्न आग्रह गरेका छन् ।

    मिटरब्याज पीडितसँग छलफल गर्न पुगेका गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गरेका थिए ।

    त्यसको जवाफमा मिटरव्याज पीडितले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान लिए र वार्ताका लागि मन्त्री शान्ति बाटिकामा आउनु पर्ने बताए ।

    १८ चैतमा मात्र सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार