Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चैत्र २४ गतेको नेपाल बन्द दुर्गा प्रसाईंको अभियानद्धारा फिर्ता


    बिहिबार, चैत्र २३ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको अभियानले चैत्र २४ गते तय गरेको नेपाल बन्दको निर्णय फिर्ता गरेको छ ।

    प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रम अन्तर्गत चैत्र २४ गते तय गरेको नेपाल बन्द फिर्ता गरेको जानकारी दिएका हुन् ।

    आज एक विज्ञप्ती जारी गर्दै प्रसाईंले हाल चलिरहेको एसईई परीक्षाका कारण आन्दोलन फिर्ता लिएको जानकारी दिएका छन् । ‘चैत्र २४ गते बिहीबारका दिन नेपाल बन्दको घोषणा गरेकोमा हाल चलिरहेको एसईई परीक्षालाई ध्यानमा राख्दै नेपाल बन्द फिर्ता लिएको जानकारी गराउन चाहन्छौँ ।’- विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    बैंकको चर्को ब्याज र लघुवित्त वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध प्रसाईं पछिल्लो केही समयदेखि सक्रिय रुपमा लागी परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार