Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालको दाबी- सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्छ


    बुधबार, चैत्र २२ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।

    आज बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन आग्रह गरे ।

    मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारूढ गठबन्धनलाई अगाडि बढाइएको उनको भनाइ छ ।

    उनले भने, “यो गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ । त्यसो भएको हुनाले राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौँ । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिबद्धता गरेका छौँ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार