काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरूले तीन महिनाजति अनुहार पनि नदेखाइ अर्थात् सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा नदेखिई काम गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री, अर्थमन्त्रीलगायतले केही समय सार्वजनिक कार्यक्रम र सञ्चार माध्यममा पनि नदेखिई काम गर्नुपर्ने थापाले बताए।
‘मलाई त आजभोलि प्रधानमन्त्री, मन्त्रीको समाचार आयो कि अन्यथा होइन, रिस उठ्यो त म भन्दिनँ। मलाई एकदम नरमाइलो लाग्छ, फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ। प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन,’ महामन्त्री थापाले भने।
‘वार टाइ मेन्टालिटी’ अनुसार काम गर्नुपर्ने थापाले बताए।
‘युद्धको बेला जहाँ जे देखिन्छ त्यही खाइन्छ, जहाँ बस्न मिल्छ बसिन्छ। जहाँ काम गर्न मिल्छ गरिन्छ नि, त्यसरी काम गर्ने बेला हो यो। त्यसरी जुट्ने बेला हो,’ थापाले भने, ‘सरकारका मानिस त्यसरी काम गरिरहेको छ, जुटिरहेको छ भन्यो भने त्यसले एउटा माहौल ल्याउँछ। अनि त्यो माहौलले सबैलाई मैले पनि त्यो ढंगबाट काम गर्नुपर्छ र सोच्नुपर्छ भन्ने लाग्छ।’
तीन महिनाजति प्रधानमन्त्री, मन्त्रीको नाम कतै पनि देख्न नपाए पनि हुनेजस्तो लागेको थापाले बताए। ‘नराम्रोका लागि भनेको होइन, यो बेला हामी फुर्सदमा छौं, हामी जाऔंला,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूले काम गर्ने हो।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend