Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पछिल्लो २४ घण्टामा देशभर ८० जनामा कोरोना


    मंगलबार, चैत्र २१ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा ११ सय १७ जनाको नमुना परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको बताएको छ ।

    तीमध्ये ४ सय ६६ जनाको पीसीआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ । सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा ३० हजार २ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या २७९ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार