काठमाडौ। खगोलविद्हरूकाे एक समुहले अहिलेसम्मकै ठूलो ब्ल्याक होल पत्ता लगाएका जनाएका छन् ।
डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले नयाँ प्रविधि प्रयोग गरी अहिलेसम्मकै ठुलो ब्लाक होल पता लगाएको हो ।
जुन ब्लाक होलका बारेमा रोयल एस्ट्रोनोमिकल सोसाइटीको ‘नोटिस जर्नल’ मा आलेख प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।
सो जर्नलमा उल्लेख भए अनुसार उनीहरूले ‘ग्राभिटेसनल लेन्सिङ’ नामक प्रविधि प्रयोग गरी नयाँ ब्ल्याकहोल फेला पारेका हुन । यस प्रविधिको प्रयोग गरी खगोलविद्हरूको सो समुहले प्रकाशको बाटोलाई पारिरहेको प्रभाव अध्ययन गर्दै जाँदा उक्त ब्ल्याकहोल पत्ता लगाएका थिए ।
सो अनुसन्धानको नेतृत्व गरेका जेम्स नाइटिङ्गेलले त्यो ब्ल्याकहोल कति ठूलो छ भनेर बुझ्न भने गाह्रो भएको बताएका छन् । उनको समूहले प्रकाशन गरेको अनुसन्धानात्मक आलेखका अनुसार एबेल १२०१ तारामण्डलको एक आकाशगंगामा रहेको उक्त ब्ल्याक होल, हाम्रो सूर्यभन्दा ३० अर्ब गुणा ठूलोसमेत रहेको उनीहरूले जनाएका छन्।
‘यदि राति आकाशमा देखिने सबै तारा र ग्रहहरूलाई एउटै विन्दुमा राख्ने हो भने त्यो विन्दु ब्ल्याक होलको एक प्रतिशत मात्र हुनेछ,’ अनुसन्धनकर्ता मध्येका एक खगोलबिद नाइटिङ्गेलले बीबीसीसँग भनेका छन्, ‘ब्रह्माण्डका धेरैजसो आकाशगंगाभन्दा यो ब्ल्याक होल ठूलो देखिएको छ।’
सन् २००४ मा डरहम विश्वविद्यालयका प्राध्यापक एलिस्टर एजले ब्रह्माण्डका तस्वीरहरू अध्ययन गरिरहँदा प्रकाशको ठूलो चाप देखेपछि यो ब्ल्याक होलका बारेमा अध्ययन तथा अन्वेषण सुरू गरिएको थियो ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend