काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता पाएको छ। युक्रेनले सदस्य राष्ट्रहरूलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन । सदस्य देशको पालो अनुसार रुसले सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गरेको हो ।
रुसले सुरक्षा परिषद्को अध्यक्षता गरे पछि युद्धग्रस्त युक्रेनले भने आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेश मन्त्री दिमिट्रो कुलेबाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्षमा रुस आउनु भनेको अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड हानेको जनाएका छन् ।
उनले भने, ‘युक्रेन सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछ । यो पदमा रुस चयन हुनु गैर कानुनी हो।’
संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै १५ सदस्यले पालैपालो एक महिनाको लागि परिषद्को अध्यक्षता पाउने क्रममा रुसले यो पटक अध्यक्षता पाएको हो । तर, पालो अनुसार पाउने अध्यक्षता पनि रुसलाई गर्न दिएकोमा युक्रेनले भने आपत्ति जनाएको हो ।
यसअघि रुसले सन् २०२२ को फेब्रुअरीमा अध्यक्षता ग्रहण गरेको थियो, सोही अध्यक्षता कायम रहेको समयमा रुसले सोही फेब्रुअरीमा नै युक्रेनमा आक्रमण सुरु गरेको थियो।
उता, सुरक्षा परिषद्को नेतृत्व रुसले गरे पछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध जारी गरेको पक्राउ पुर्जीको हैसियतका बारेमा भने टिका टिप्पणी सुरु भएको छ ।
राष्ट्र सङ्घीय सुरक्षा परिषद्को अध्यक्षता त्यही देशको राष्ट्रपतिले गरेका छन्, जुन देशको राष्ट्रपतिलाई कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । रुसले अध्यक्षता ग्रहण गरे पछि सो पक्राउ पुर्जी औचित्यहीन भएको रुसी अन्तर्राष्ट्रिय विश्लेषकहरूले जनाएका छन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend