Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


    बिहिबार, चैत्र १६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।

    बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने र आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने हुन्छ ।

    बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।

    बैंकका अनुसार तोकिएको अवधिभित्र सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार