Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सुनको भाउ घट्दा चाँदीकाे बढ्यो


    बिहिबार, चैत्र १६ २०७९
    1.9K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजाररुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार पनि चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार