Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • भोलि कर्णालीमा सार्वजनिक बिदा


    बुधबार, चैत्र १५ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी) का अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताए ।

    प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ चैत १२ गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार