काठमाडौं। आज साताको तेस्राे कारोबार दिन मंगलबार सेयर बजारमा बढेको छ । यसदिन नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा आएर अडिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो ।
साेही दिन नेप्से परिसूचक नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।
नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँ भन्दाबढीको कारोबार गरेको छ । मंगलबार हिमालय डिस्टिलरी दोस्राे स्थानमा परेको छ ।
उक्त कम्पनीको ५ करोड ९७ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
सोमबार १३ उपसुचकहरु मध्ये विकास बैंक, फाइनान्स, निर्जिवन बिमाबाहेक सबै उपसुचकहरुमा वृद्धि भएको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्सको ३.४८ प्रतिशत र म्युचुअल फण्डको २.५३ प्रतिशतले वृद्धि भएको छ।
आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, श्रीजनशील लघुवित्त र एसियन हाइड्रोपावरको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।
यसैगरी महिला लघुवित्त ८.९२ प्रतिशत र नेरुदे लघुवित्त ७.९७ प्रतिशतको कारोबार भएको हो ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend