Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजार १२.१० अंकले बढ्दा १ अर्ब ४४ करोडको कारोबार


    मंगलबार, चैत्र १४ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज साताको तेस्राे कारोबार दिन मंगलबार सेयर बजारमा बढेको छ । यसदिन नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा आएर अडिएको छ ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ अङ्कले बढेर ३६०.४४ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो ।

    साेही दिन नेप्से परिसूचक नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ विन्दुमा पुगेको थियो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

    नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।

    त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त इन्स्योरेन्सले ६ करोड १५ लाख रुपैयाँ भन्दाबढीको कारोबार गरेको छ । मंगलबार हिमालय डिस्टिलरी दोस्राे स्थानमा परेको छ ।

    उक्त कम्पनीको ५ करोड ९७ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

    सोमबार १३ उपसुचकहरु मध्ये विकास बैंक, फाइनान्स, निर्जिवन बिमाबाहेक सबै उपसुचकहरुमा वृद्धि भएको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्सको ३.४८ प्रतिशत र म्युचुअल फण्डको २.५३ प्रतिशतले वृद्धि भएको छ।

    आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, श्रीजनशील लघुवित्त र एसियन हाइड्रोपावरको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

    यसैगरी महिला लघुवित्त ८.९२ प्रतिशत र नेरुदे लघुवित्त ७.९७ प्रतिशतको कारोबार भएको हो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार