साँफेबगर । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेलबिरुद्ध अछाममा एमाले कार्यकर्ताहरुले ढुंगामुढा र बोतल प्रहार गरेका छन् ।
एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार अछामको साँफेबगरमा भएको कार्यक्रममा पौडेलले डा. भीबहादुर रावलको बिरोध गरेपछि पार्टीकै कार्यकर्ताहरुले उनीमाथि ढ्ुंगा र बोतलले प्रहार गरेका थिए ।
पूर्वमन्त्री रावलको बिरोध गरेको भन्दै एमालेकै कार्यकर्ताले केपी शर्मा ओली र विष्णु पौडेलविरुद्ध नाराबाजी गर्दै ढुुंगा र बोतल प्रहार गरेको भिडियो समेत सार्वजनिक भएको छ ।
सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत उपस्थित एमालेको कार्यक्रममा डा. रावलका बारेमा कसैले नबोल्ने सहमति बिपरीत पौडेलले मन्तब्य ब्यक्त गरेपछि नाराबाजी र ढ्ुंगामुढा हुँदा कार्यक्रम नै बिथोलिएको थियो ।
गएको मंसिर ४ को निर्वाचनमा डा. भीम रावललाई पार्टीले अछाममा टिकट नदिंदा सुदूरपश्चिम प्रदेशका १७ सिटमा जम्मा २ सिटमा सीमित हुन पुगेको छ । जबकि यसअघि २०७४ मा रावलले १७ मा १५ सिटमा एमाले र माओवादी सहितको वाम गठबन्धनलाई जिताएका थिए ।
बिष्णु पौडेलमाथि भएको ढुंगामुढा, बोताल प्रहार र नाराबाजीको भिडियो
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend