काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण र समसामयिक राजनीतिक विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग विमर्श गरेको सचिवालयले जनाएको छ ।
सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग भेटेपछि सत्ता समीकरण तलमाथि पर्ने हल्ला कांग्रेसबृत्तमा चलेलगत्तै अर्थमन्त्री पौडेलको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । ओली–प्रचण्डबीचको तिक्ततापूर्ण सम्बन्धपछि भएको भेट र बजेट निर्माणका क्रममा अर्थमन्त्रीले गरेको वार्ताले राजनीतिलाई झन् तरंगित पारेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend