काठमाडौं । अर्थमन्त्री बिष्णुप्रसाद पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण र समसामयिक राजनीतिक विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग विमर्श गरेको सचिवालयले जनाएको छ ।
सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग भेटेपछि सत्ता समीकरण तलमाथि पर्ने हल्ला कांग्रेसबृत्तमा चलेलगत्तै अर्थमन्त्री पौडेलको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । ओली–प्रचण्डबीचको तिक्ततापूर्ण सम्बन्धपछि भएको भेट र बजेट निर्माणका क्रममा अर्थमन्त्रीले गरेको वार्ताले राजनीतिलाई झन् तरंगित पारेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend