Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मिटरब्याज पीडितलाई भेटेर रवि लामिछानेले भने – समस्या समाधानको पहल गर्छु


    मंगलबार, चैत्र १४ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि टंगालमै बसेर प्रदर्शन गरिरहेका उनीहरुसँगै सभापति लामिछानेले भेट गरेका हुन् ।

    आफू पीडितहरुको साथमा रहेको उल्लेख गर्दै सभापति लामिछानेले सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्ने बताएका छन् । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न पहल गर्ने उनको भनाइ छ । साथै सभापति लामिछानेले जाली तमसुक च्यातेर गरिबलाई ऋणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसको लागि आफू हस्ताक्षर गर्न पनि तयार गरेको उनले बताए ।

    उनले भने, ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार