काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ किरात चोकमा आफ्नै घरभित्र सोमबार एक जना महिला मृत फेला परेकी छन् । शंकास्पद अवस्थामा ४१ वर्षीया शारदा सुन्दास बिहान ११:४० बजेतिर मृत फेला परेकी हुन् ।
घटना शंकास्पद देखिएपछि शारदाका पति ६८ वर्षीय बलबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले बलबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो ।
घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर हत्या गरेजस्तो देखिएपछि घटनालाई शंकास्पद मानेर मृतकका पतिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
प्रहरीका अनुसार शारदा बलबहादुरकी कान्छी पत्नी हुन् । उनीहरूका सन्तान नरहेको प्रहरीले जनाएको छ ।
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend