Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्रीको विरोध गरेपछि इजरालयली रक्षामन्त्री बर्खास्त


    सोमबार, चैत्र १३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विरोध गरेपछि रक्षामन्त्री योआव ग्यालेन्टलाई पदबाट बर्खास्त गरेका छन् ।
    प्रधानमन्त्री नेतान्याहूको कार्यशैली र कदमको विरोध गरेपछि उनलाई बर्खास्त गरिएको हो ।

    राष्ट्रिय सुरक्षा कमजोर पार्ने गरी प्रधानमन्त्री नेतान्याहूले न्यायप्रणालीमा फेरबदल ल्याउन कानुन अघि सारेको सार्वजनिक कार्यक्रममा ग्यालेन्टले बताएका थिए । सोही अभिव्यक्तिपछि प्रधानमन्त्री नेतान्याहूले उनलाई बर्खास्त गरेका हुन् ।

    रक्षामन्त्री ग्यालेन्टलाई बर्खास्त गरेपछि इजरायलमा सरकारविरुद्ध प्रदर्शन भएको छ । हजारौँ नागरिक सडकमा उत्रिएर प्रधानमन्त्री नेतान्याहूको कदमको विरोध जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार