काठमाडौं । विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) आर्थिक सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेको हो। यस चालू आवमा विश्व बैंकले कुल ६५ अर्व २० करोड रुपैयाँको प्रतिबद्धता गरिसकेको छ।
विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरता स्वरूप नेपाल सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमले स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने शिक्षकको सीप विकासमा सघाउनेछ। कार्यक्रममार्फत उच्च आधारभूत तथा माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकको सीप अभिवृद्धि हुनेछ।
यो परियोजनाका लागि विश्व बैंकले १ सय २० मिलियन अमेरिकी डलर सहायता प्रतिबद्धता गरेको हो। यो प्रतिबद्धता अनुदान ऋण हो । विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमको कार्यान्वयन शिक्षा मन्त्रालयमार्फत भइरहेको छ।
नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसका अनुसार गुणस्तरीय शिक्षामा लगानी मानव पुँजी विकासका लागि महत्त्वपूर्ण रहेकाले विश्व बैंकले यस्तो सहयोग गर्न लागेको हो। फारिसले भने, ‘यो सहायताले नयाँ शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको लक्ष्यलाई साथ दिन्छ।’ यसले नयाँ संघीय राज्यको महत्त्वाकांक्षा हासिल गर्न सहयोग हुने अपेक्षा गरिएको छ।
सहायताले आधारभूत तहमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीप सुधार गर्न सघाउनेछ। यस्तै, कोभिड– १९ र अन्य महामारीका कारण विद्यालय बन्द हुँदा परेको असर सम्बोधन गर्न, पुर्नरुत्थान तथा गतिशीत सिकाइ योजना कार्यान्वयन गर्न र डिजिटल शिक्षणलाई सुदृढ गर्ने सरकारको कार्यक्रमलाई सहयोग गर्ने बताइएको छ।
सहायताले बालिका, अपांगता भएका विद्यार्थी र निम्न सामाजिक–आर्थिक अवस्थाका विद्यार्थीमा छात्रवृत्तिका कार्यक्रममार्फत समन्यायिकता हासिल गर्ने लक्ष्य लिएको छ। यो समाचार अन्नपूर्ण पोस्सटमा छ ।
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend