काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २६.८७ अंकले घटेको हो । आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा झरेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ अङ्कले घटेर ३५६ विन्दुमा पुगेको छ।
यसअघि गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालाे लागेकाे थियो । सोदिन नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको थियो । बिहिबार १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ। नेप्से सुचकमा १९ कम्पनीमा वृद्धि भएको छ । १९३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा एनआइसि एशिया बैंक भने दोश्रो स्थानमा रहेको छ। यसको आज ७ करोड ९५ लाख भन्दाबढीको कारोबार भएको छ।
यसदिन सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै म्युचुअल फण्ड ४.७७ प्रतिशत र माइक्राेफाइनान्सको ३.८५ प्रतिशतले ओरालो लागेको छ। आइतबार मायाखोला हाइड्रोपावर कम्पनीको र एसियन हाइड्रोपावरका १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी कालिन्चोक दर्शन ६ प्रतिशत, गुरास लाईफ इन्सयोरेन्सको ४.२६ प्रतिशत र सिद्धार्थ इक्विटि फण्डको ३.९० प्रतिशतको कारोबार भएको हो ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend