काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २६.८७ अंकले घटेको हो । आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा झरेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ अङ्कले घटेर ३५६ विन्दुमा पुगेको छ।
यसअघि गत साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालाे लागेकाे थियो । सोदिन नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको थियो । बिहिबार १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ। नेप्से सुचकमा १९ कम्पनीमा वृद्धि भएको छ । १९३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा एनआइसि एशिया बैंक भने दोश्रो स्थानमा रहेको छ। यसको आज ७ करोड ९५ लाख भन्दाबढीको कारोबार भएको छ।
यसदिन सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै म्युचुअल फण्ड ४.७७ प्रतिशत र माइक्राेफाइनान्सको ३.८५ प्रतिशतले ओरालो लागेको छ। आइतबार मायाखोला हाइड्रोपावर कम्पनीको र एसियन हाइड्रोपावरका १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी कालिन्चोक दर्शन ६ प्रतिशत, गुरास लाईफ इन्सयोरेन्सको ४.२६ प्रतिशत र सिद्धार्थ इक्विटि फण्डको ३.९० प्रतिशतको कारोबार भएको हो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend