Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य बढ्यो, चाँदीको कति ?


    शुक्रबार, चैत्र १० २०७९
    2.9K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो बिहीबार एक हजार २ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले उकालो लागेको हो ।

    महासंघका अनुसार बिहीबार एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार ती सय रूपैयाँ कायम भएको छ ।

    यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य बिहीबारकै मूल्य एक हजार ३६० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार