Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बागमतीका मुख्यमन्त्रीले आज पुन: विश्वासको मत लिने


    शुक्रबार, चैत्र १० २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।

    बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

    नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।

    नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा आज बैठक डाकिएको हो । उक्त बैठकबाट भने पुनः विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार