Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी


    बिहिबार, चैत्र ९ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

    उक्त बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल चलिरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत प्राप्त गरेपछि चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए । त्यसैबीच शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार