Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • माओवादी संसदीय दलको बैठक बस्दै, लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने


    बिहिबार, चैत्र ९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल। माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठक आज बुद्धजन्मस्थल लुम्बिनीमा बस्ने भएको छ । पछिल्लो समयमा फेरिएको राजनीतिक परिदृश्यका विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले बताए।

    लुम्बिनी प्रदेशमा माओवादी केन्द्र सरकारमा सहभागी छ । सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । यदि माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो भने एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

    ‘सरकारलाई दिएको समर्थन फिर्तासहितका नयाँ सरकार गठनका विषयमा छलफल गर्न बैठक बस्दैछ,’उनले भने । लुम्बिनीको एक होटलमा बैठक बस्न लागेको हो ।

    सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा नयाँ सरकार बन्दा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने दाबी छ भने कांग्रेसबाट पनि सरकारमा दाबी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार