काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको नागरिकताका बिषयमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सरकारी निकायलाई झुक्याई जागिर खाएको उजुरीका आधारमा अख्तियारले २०७९ चैत ६ मा छानविनका लागि गृहमन्त्रालयलाई निर्देशनात्मक पत्र पठाएको हो ।
बुधबारमात्रै एआइजीको दज्र्यानी चिह्न लगाएका एआईजी ज्ञवालीको बारेमा प्रारम्भिक छानविनपछि थप छानविनको आवश्यकता देखेर अख्तियारले बिस्तृत अनुसन्धान गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रालयलाई पत्रचार गरेको हो ।
अख्तियारले २ दिनअघि नै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्र पठाइसकेको अवस्थामा उनलाई बुधबार दज्र्यानी चिह्न(फुली) लगाइएको छ ।
ज्ञवालीविरुद्ध गएको फागुन १४ मा धनगढी कैलालीका शेरबहादुर चन्दले अख्तियारमा उजुरी दर्ता गरेका थिए । ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको दर्ता नम्बर ०४३७४७ को उजुरीपछि अख्तियारले प्रारम्भिक छानबिन गरी गृहलाई विस्तृत छानबिनका लागि निर्देशन दिएको उल्लेख छ ।
अख्तियारले गृहलाई लेखेको पत्रमा उल्लेख छ–‘प्रारम्भिक छानबिनका क्रममा निज श्यामलाल ज्ञवालीको जिल्ला प्रशासन कार्यालय, प्यूठानबाट मिति २०४१–१२–२१ मा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर १७ बर्ष भनी उल्लेख भएको, जसबाट जन्ममिति गणना गर्दा निजको जन्ममिति २०२४–१२–२१ हुन आउने देखिन्छ । प्रहरी नियमावाली, २०४९ (दोस्रो संशोधनसहित) को नियम १३ को उपनियम (१) मा प्रहरी निरीक्षक पदको लागि हुने खुल्ला प्रतियोगितामा छनौट हुने सालको बैशाख १ गते २० बर्ष उमेर पुगेको र २५ बर्ष ननाघेका व्यक्तिहरूले भाग लिन सक्नेछन् भन्ने व्यवस्था भएको देखिन्छ ।
२०५०–०८–०१ मा गोरखापत्रमा प्रकाशित प्रहरी निरीक्षक पदको लागि भएको दरखास्त आह्वानमा समेत छनौट हुने सालको बैशाख १ गते २० बर्ष उमेर पुगेको, २५ बर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको देखिन्छ । निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाणपत्रबमोजिम उक्त छनौट हुने साल (बि.सं. २०५०) को बैशाख १ गते २५ बर्ष ९ दिन हुन आउने देखिन्छ । अतः यस सम्बन्धमा के, कसो भएको हो ? सो सम्बन्धमा तहाँ मन्त्रालयबाट यथाशीघ्र छानबिन गरी प्रस्तुत पत्र प्राप्त भएको मितिले १ महिनाभित्र तहाँ मन्त्रालयको स्पष्ट राय सहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगमा उपलब्ध गराई छानबिन कार्यमा सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ ।’

अख्तियारले एआईजी ज्ञवालीको नागरिकता हेरेर उनले उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको स्पष्ट उल्लेख गरेको छ । एआईजी ज्ञवाली २५ बर्ष ९ दिन भइसकेको अवस्थामा सरकारी निकायलाई झुक्याई प्रहरी निरीक्षकमा भर्ना भएको अख्तियारकै पत्रमा उल्लेख भएकाले उनले गृहले छानबिन गर्नु अघि राजीनामा दिएर मार्गप्रशस्त गर्नेमात्र विकल्प देखिन्छ, अख्तियारमै कार्यरत एक प्रहरी अधिकृतले भने–‘अशोक सिंहको पनि उमेर ढाँटेर जागिर खाएको नागरिकता सार्वजनिक भएपछि राजीनामा दिएका थिए । ज्ञवालीले पनि राजीनामा दिएर अख्तियारको छाबिनलाई सहज बनाउने मार्ग अपनाए हुन्छ ।’ ज्ञवालीले दाजु ठाकुर ज्ञवाली आईजीपी भएको समयमा प्रहरीको कर्मचारी प्रशासन शाखाको बैयक्तिक विवरण(डोर्सियर)को फाइलबाट नागरिकताको फोटोकपी नै गायब पारेको आरोप लाग्दैआएको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend