काठमाडौं । राजधानी काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु थमौतीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिनहुँजसो धाइरहेका भेटिन्छन् । उपत्यका बाहिर मधेश प्रदेश लगायतका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउनै नसकेको संघीय मामिला मन्त्रालयलाई उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुले थमौतीका लागि दिनहुँ धर्ना दिइरहेका छन् ।
एक बर्ष अवधि पुगेका प्रमुख प्रशासकीय अधिकृतहरु पुनः थमौतीका लागि कुद्नुमा नगरपालिकाभित्रको बजेट दोहन नै मुख्य स्वार्थ हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठप्रसाद सापकोटा, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने पद थमौतीका लागि नेताहरुको घरदैलो धाइरहेका छन् । नागार्जुन नगरपालिकामा गएको फागुन १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । त्यहाँ कार्यरत इश्वरीप्रसाद ढकालको सरुवा भएपछि मन्त्रालयले निमित्त पनि नतोक्दा उक्त नगरपालिकमा दैनिक प्रशासनिक बाहेकका काम ठप्प छन् ।
बुढानीलकन्ठका लामिछाने १४ महिनादेखि कार्यरत छन् । यसअघिका मेयर उद्धवप्रसाद खरेलकै सहमतिमा लगिएका लामिछाने त्यहाँ गएपछि स्वार्थ अनुकूलका काम गरिरहेका छन् । अहिले संघीय मामिला मन्त्रालयमा माओवादीका मन्त्री अमनलाल मोदी आएपछि उनलाई प्रभावमा पार्न अनेक सूत्रको खोजीमा उनी तल्लीन छन् । आर्थिक लेनदेन गरेरै भए पनि थमौती हुनका लागि लागिरहेका लामिछानेले मन्त्रालयका कर्मचारी प्रशासन शाखाका मन्त्रीका निकटहरुलाई प्रभावमा पार्न खोजिरहेका छन् ।
प्रशासन महाशाखाका सहसचिव कमलप्रसाद भट्टराईलाई लेनदेन गरेरै आफ्नो पद थमौती गर्छु भनेर उनी लागिरहेको चर्चा संघीय मामिला मन्त्रालयमा छ । हालका मेयर मिठाराम अधिकारीलाई प्रभावमा पार्न सफल भइसकेका लामिछानेले नगरभित्र भन्ने गरेका छन्–मेयरलाई मिलाइसके), केही वडाध्यक्षहरुलाई मिलाएर मन्त्रालयलाई प्रभावमा पार्ने योजना सफल भयो भने बुढानीलकन्ठमा चालु आर्थिक बर्षभर काम गर्छु । वडाध्यक्षहरुसँग रुखो ब्यवहार गर्ने लामिछाने मिठारामसँग भने नतमस्तक हुने गरेका छन् । काठमाडौंका रैथाने लामिछानेको तारकेश्वर नगरपालिकामा २० रोपनी भन्दा बढी जग्गा छ । उनकी श्रीमती खानी तथा भूगर्भ विभागमा नायबसुब्बा पदमा कार्यरत छिन् भने २ वटा छोराको मासिक आम्दानी ५ लाख भन्दा बढी छ । यति हुँदाहुँदै पनि लामिछानेलाई बुढानीलकन्ठ नगरपालिकाको सोत साधन दोहन गर्ने लालसा कम हुन सकेको छैन । भौतिक सम्पत्तिमा काठमाडौंका साहुमहाजन भन्दा बढी धनी उनलाई अझै नगरपालिकाको बजेटमा तर मार्ने लोभ हट्न नसक्नुलाई सामान्यका कर्मचारीले यस्तो टिप्पणी गर्ने गर्दछन्–हामी ३–४ आना जग्गा र घरका लागि संघर्ष गरिरहेका छौं, अथाह सम्पत्तिका मालिक लामिछाने केका लागि १४ महिना भइसक्दा पनि अझै त्यहीँ रहन संघर्ष गरेका होलान् ?
बुढानीलकन्ठबाट अथाह कमाएर गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका बैकुन्ठप्रसाद सापकोटा क्षमताका हिसाबले कमजोर उपसचिवका रुपमा चिनिन्छन् । मातृकाप्रसाद यादव उद्योग मन्त्री हुँदा आफूलाई माओवादी निकट कर्मचारी हँु भन्दै सचिवालयमा समेत बसेका बैकुन्ठले त्यहाँ रहँदा उद्योग, बाणिज्य बिभाग र कम्पनी रजिष्टार कार्यालयका कर्मचारीबाट प्रहरीका घुमुवा जस्तो हप्ता असुली गर्ने गर्दथे भन्ने चर्चा अझै पनि ती निकायमा हुने गरेको छ ।
हालको लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रहँदा रुखो स्वभाव देखाएकै कारण तत्कालीन मन्त्री कुलप्रसाद केसी सोनाम र सचिवसँग उनको विवादसमेत भएको थियो । त्यहाँका कर्मचारीहरुलाई हुकुमी शैली प्रदर्शन गरेकै कारण उनलाई प्रदेशबाट धपाएर संघतिरै फर्काइएको थियो । भूमिब्यवस्था मन्त्रालयमा उनको सरुवा भएको थियो । केही समयमात्र उनी त्यहाँ रहे । फेरि राजनीतिक दबाब र प्रभावमा पारेर उनी गृहमन्त्रालय हुँदै रुपन्देही जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी समेत बन्न सफल भएका थिए । त्यहाँ पनि उनको ब्यवहारका कारण ३ महिना पनि टिक्न सकेनन् । त्यसपछि उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेर उद्योग मन्त्रालयमा सरुवा भए ।
उद्योग बिभागमा जान निकै मरिमेटेर लागेका सापकोटालाई तत्कालीन उद्योग सचिवले उनको कार्यशैलीका कारण पठाउन चाहेनन् । रहँदाबस्दा मातृका यादव उद्योग मन्त्री भएर आए । मात्रिकाले पनि सचिवालयमा उनी सहित २ उपसचिव निजी सचिवका रुपमा राखे । बैकुन्ठले भने सचिवालयमा रहेर बिचौलियाको भूमिका खेलेको र मातहतका निकायका कर्मचारीलाई मातृकाको नाम लिंदै दुःख दिएको फेहरिस्त मन्त्रीकोमा पुगेको थियो । गुनासो धेरै आएपछि उनलाई मातृकाले पनि साइड लगाइदिए । काममा भन्दा सेटिङमा बिश्वास गर्ने सापकोटा तत्कालीन मेयर उद्धव खरेललाई प्रभावमा पारेर बुढानीलकन्ठको प्रमुख प्रशासकीय अधिकृत भए । त्यहाँ १ बर्ष मुस्किलले टिकेका उनी त्यसपछि स्थानीय तहमा हुने अकूत लाभ देखेर गोकर्णेश्वर पु्गेका हुन् ।
उपत्यकाका स्थानीय तहमा बसेका प्रमुख प्रशासकीय अधिकृत सामान्यतया दोहोर्याएर उपत्यकाकै अर्को पालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न नसक्ने परपम्रालाई बैकुन्ठले तोडेका छन् । बुढानीलकन्ठ र गोकर्णेश्वर आर्थिक रुपमा स्रोत साधन सम्पन्न र काम गर्न पनि सहज पालिकाका रुपमा चिनिन्छन् । यी दुवै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका बैकुन्ठ अहिले आफ्नो सरुवा थमौती गर्न मरिमेटेर लागेका छन् । उनले भन्ने गरेका छन्–सके सरुवा थमौती गरिदिनुप¥यो । नसक्ने भए काठमाडौंकै बुढानीलकन्ठ, नागार्जुन भए पनि हुन्छ । टोखा नगरपालिकामा हालैमात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका कारण बैकुन्ठले त्यसलाई प्राथमिकतामा राखेका छैनन् । टोखामा सरुवा हुन जोडबलकै साथ लागेका निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली हिस्स परेका छन् । त्यहाँ शेरबहादुर केसी सरुवा भएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend