Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीनै जिल्लाका सीडीओद्वारा उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय


    मंगलबार, भाद्र ९ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं, ९ भदौ । उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप भएको छ। उपत्यकाका तीनै जिल्लाका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको संयुक्त बैठकले एक साताका लागि निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

    सोही सिफारिसका आधारमा तीनै जिल्लाका सिडिओले निषेधाज्ञा थप्ने निर्णय गरेका छन् । १७ भदौसम्म निषेधाज्ञा थप भएको हो । त्यसपछि परिस्थिती हेरेर निर्णय लिइने बताइएको छ ।

    अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् । उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए । जुन बुधबार सकिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार