Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • नेपाल र यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा


    बिहिबार, चैत्र २ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुगेका छन्। विश्वकप लिग – २ अन्तर्गतको अन्तिम खेल त्रिवि मैदानमा सुरु भएको छ।

    नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

    नेपालले पहिला बलिङको निम्तो पाएको छ। नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ। करणको ठाउँमा गुलशन झाले खेल्ने भएका छन्। यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ। सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार