Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानुपातिक सांसदबारे निर्णय गर्न जसपाले बोलायो कार्यकारिणी समितिको बैठक


    बिहिबार, चैत्र २ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्न लागेको हो ।

    समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    जसपाकी शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार