Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • दीपक मनाङ्गेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


    बुधबार, चैत्र १ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दीपक मनाङ्गेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता वीरेन्द्रराज कार्कीले दिएको रिटमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंक मोक्तानको इजलासले  अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    इजलासले लिखित जवाफ प्राप्त भएको दुई साताभित्र पेशी तोक्न पनि निर्देशन दिएको छ । प्रदेश सांसदमा निर्वाचित दीपक मनाङ्गे भनिने राजिव गुरुङले अदालतबाट तोकिएको कैद सजाय भुक्तान गर्न बाँकी रहेको भन्दै उनी सांसदको उम्मेदवार बन्न नै अयोग्य रहेको रिटमा दाबी छ ।

    संवैधानिक इजलासले गुरुङविरुद्धको ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतले सुनाएको मुद्दाको निवेदन वा पुनरावेदन परेको भए मिसिल पेश गर्न पनि आदेश गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार