Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुधन गुरुङको फोनपछि पक्राउ परेको ४ घन्टामै छुटे दीपक मनाङ्गे


    मंगलबार, बैशाख १५ २०८३
    6.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश सांसद र मन्त्रीसमेत भइसकेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई सोमबार साँझ पक्राउ गरी ४ घन्टापछि छाडिएको छ । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनाङ्गेलाई सोमबार साँझ नियन्त्रणमा लिएको थियो ।

    एक मारवाडी ब्यापारीको लेनदेन विवादमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । मारवाडी ब्यापारीको मौखिक उजुरीमा उनलाई धरपकड गरिएको तर पूर्वगृहमन्त्री सुधन गुरुङको दबाबमा ४ घन्टामै छाडिएको स्रोतले नेपालफेसलाई बताएको छ । मारवाडी ब्यापारीको दबाबमा मनाङ्गेलाई पक्राउ गरिएको भए पनि प्रहरीले भने उनी आफैं आएको दाबी गरेको छ ।

    काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले मनाङ्गेलाई पक्राउ गरेर नल्याएको बताए । उनले भने–‘दीपक मनाङ्गेलाई एउटा बिषयमा बुझ्न बोलाइएको थियो, उहाँ आफैं आउनुभयो । दुई पक्षबीच छलफल भयो, उहाँहरुबीच सहमति भयो, त्यसपछि जानुभयो ।’

    भदौ २४ गते जेनजीको आवरणमा भएको जेलमा आगो लगाउने र कैदी भगाउने क्रममा रास्वपा सभापति रामकृष्ण ढकालको बीवाईडी गाडीमा हात हल्लाउँदै निस्किएका थिए । तर मनाङ्गे भने जेलबाट १५ हजार कैदी फरार हुँदा पनि उनी भने भएका थिएनन् । जेलमै बस्ने बताउँदै उनले कानुनको पालना गरेका थिए । गुण्डानाइकेको आरोपमा उनी विगतमा पटक–पटक थुनामा पर्दैआएका थिए ।

    मनाङ्गे कैद सजाय भुक्तान गरी २७ फागुन, २०८२ मा छुटेका थिए । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर छुटेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार