काठमाडौं । गण्डकी प्रदेश सांसद र मन्त्रीसमेत भइसकेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई सोमबार साँझ पक्राउ गरी ४ घन्टापछि छाडिएको छ । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनाङ्गेलाई सोमबार साँझ नियन्त्रणमा लिएको थियो ।
एक मारवाडी ब्यापारीको लेनदेन विवादमा उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । मारवाडी ब्यापारीको मौखिक उजुरीमा उनलाई धरपकड गरिएको तर पूर्वगृहमन्त्री सुधन गुरुङको दबाबमा ४ घन्टामै छाडिएको स्रोतले नेपालफेसलाई बताएको छ । मारवाडी ब्यापारीको दबाबमा मनाङ्गेलाई पक्राउ गरिएको भए पनि प्रहरीले भने उनी आफैं आएको दाबी गरेको छ ।
काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले मनाङ्गेलाई पक्राउ गरेर नल्याएको बताए । उनले भने–‘दीपक मनाङ्गेलाई एउटा बिषयमा बुझ्न बोलाइएको थियो, उहाँ आफैं आउनुभयो । दुई पक्षबीच छलफल भयो, उहाँहरुबीच सहमति भयो, त्यसपछि जानुभयो ।’
भदौ २४ गते जेनजीको आवरणमा भएको जेलमा आगो लगाउने र कैदी भगाउने क्रममा रास्वपा सभापति रामकृष्ण ढकालको बीवाईडी गाडीमा हात हल्लाउँदै निस्किएका थिए । तर मनाङ्गे भने जेलबाट १५ हजार कैदी फरार हुँदा पनि उनी भने भएका थिएनन् । जेलमै बस्ने बताउँदै उनले कानुनको पालना गरेका थिए । गुण्डानाइकेको आरोपमा उनी विगतमा पटक–पटक थुनामा पर्दैआएका थिए ।
मनाङ्गे कैद सजाय भुक्तान गरी २७ फागुन, २०८२ मा छुटेका थिए । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर छुटेका थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend