Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोजेकै जेलमा गए दीपक मनाङ्गे


    मंगलबार, कार्तिक २७ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो । उनी यसअघि पुर्पक्षमा पनि डिल्लीबजार कारागारमै बसेका थिए । सुन्धारा कारागारमा असहज हुने भएकाले उनी सेटिङमै डिल्लीबजार कारागारमै जान सफल भएका छन् ।

    सर्वोच्चको आदेशपछि सम्पर्कमा नरहेका मनाङ्गे काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट आज बिहान पक्राउ परेका थिए ।

    गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

    उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । २०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्नेगरी तरबार प्रहार गरेको घटनामा उनी दोषी ठहर भएका थिए ।

    मनाङेले यस मुद्दामा यसअघि नै २ बर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २ बर्ष ४ महिना जेल बस्नुपर्ने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार