Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागु औषधसहित २ जना पक्राउ


    सोमबार, भाद्र ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय अपराध महाशाखाले लागु औषध काराेबार गर्ने २ जनालाई पक्राउ गरेकाे छ ।

    लागु औषध ब्रिक्री गर्दै हिडेका जाजरकाेटकाे त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थायी घर भई तारकेश्वर नगरपालिका बस्ने २२ वर्षका दिलिप बिश्वकर्मा र दाेलखाकाे भिमेश्वर नगरपालिका वडा नम्बर ६ स्थायी घर भई तारकेश्वर नगरपालिका बस्ने १८ वर्षकी प्रमिला राउत रहेकाे प्रहरीले जनाएकाे छ ।

    उनीहरूबाट ६ केजी ५०० ग्राम अफिम जस्ताे देखिने खैराे पदार्थ बरामद गरिएकाे प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए । उनीहरूबाट बरामद गरिएकाे सामान एक लाख पचास हजार रूपैयाँमा किनेर ८ लाख प्रति केजीमा बेच्न लागेकाे प्रहरीले जनाएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार