Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना महामारीकाे माैका छाेपी २ नम्बर प्रदेशमा अर्बाैकाे भ्रष्टाचार


    सोमबार, भाद्र ८ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ। कोरोना भाइरस महामारीकाे माैका छाेपी  २ नम्बर प्रदेशमा अर्बाैकाे भ्रष्टाचार गरिएकाे खुलासा भएकाे छ। मन्त्रालयले सार्वजनिक गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं उपचारका लागि थप बजेट निकासा र रकमान्तर विवरणमा सबै भन्दा बढी रकम सामाजिक विकास मन्त्रालयलाई रहेको छ ।

    बजेट बाहेक थप रकम निकासा र कार्यक्रम संशोधन गरिएको हो । सामाजिक विकास मन्त्रालयलाई ८६ करोड ५५ लाख ८४ हजार ७ सय ८० रुपैयाँ थप निकासा र ५४ लाख कार्यक्रम संशोधन सहित ८७ करोड ९ लाख ८४ हजार ७ सय ८० रुपैयाँ निकासा गरेको हो ।

    समाजिक मन्त्री नवल किशोर साहका कान्छो छोरा सुमित साह सुडीले कमिशन खाएर अधिकांश रकम भ्रष्टाचार गरेको अनेकौ प्रमाण र बिल समेत सार्वजनिक भैसकेको छ । समाजिक मन्त्रालयबाट बिना कमिशन कुनै पनि बजेट खर्च नहुने गरेको एक कर्मचारीले नाम नखुलाउने सर्तमा जानकारी दिए। 

    कोरोना महामारी रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम खर्च गरेको छ । प्रदेस सरकारले कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ ।

    गत आर्थिक वर्ष २०७६र०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ सय ८० रुपैयाँ थप रकम निकासा र ५१ करोड ७३ लाख रुपैयाँ कार्यक्रम संशोधन गरी कुल १ अर्ब ६९ करोड ४६ लाख ३४ हजार ७ सय ८० रुपैयाँ निकास गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार