Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाणिज्य विभागको महानिर्देशकका लागि उपसचिव निरौलाको अस्वस्थ चलखेल

    उपभोक्ता दिवसका नाममा उपभोक्तावादी संघसंस्थालाई लाखौं बितरण


    मंगलबार, फाल्गुन ३० २०७९
    3.4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग १५ दिनदेखि नेतृत्वबिहीन छ । महानिर्देशक महेश भट्टराईको अपर्झट सरुवा भएपछि विभाग नेतृत्वबिहीन भएको हो । गएको फागुन १५ गते बिदाइ कार्यक्रम राखी योजना आयोगमा हाजिर हुन भट्टराई गएपछि विभागको नेतृत्वका लागि हानथाप सुरु भएको छ ।

    निवर्तमान उद्योग मन्त्री दामोदर भण्डारीले महानिर्देशक बनाउनका लागि मन्त्रालयमै कार्यरत सहसचिव लीलाराम शर्मा, चन्द्रकला पौडेल, मदन भूजेललाई बनाउन खोजे पनि बहिर्गमनमा परेपछि उनको योजना अलपत्र हुन पुगेको थियो । अहिले उक्त मन्त्रालय मन्त्रीबिहीन छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मामा छन् । यो तरल अवस्थामा आफूलाई एक नम्बर उपसचिव दाबी गर्ने बाणिज्य विभागमै कार्यरत डम्मरुप्रसाद निरौलाले कामु वा निमित्त महानिर्देशक हुने चाहना राखेका छन् । विगतमा काठमाडौंमै कार्यरत रहनका लागि बाणिज्य विभाग भए पनि हुन्छ भनेर निरौला उपसचिव भए पनि उनमा महानिर्देशकको कामकाज गर्ने भूत सवार भएको छ ।

    २ बर्षदेखि विभागमा कार्यरत रहेका उनी हरेक महानिर्देशकलाई आफ्नो कब्जामा लिई स्वार्थ अनुकूलको काम गराउने निर्देशकका रुपमा चिनिएका छन् । ब्यापारीहरुलाई अनावश्यक दुःख दिएर आर्थिक लाभ लिन ब्यस्त रहने निरौला अस्तब्यस्त कर्मचारीका रुपमा चिनिन्छन् । कुनै पनि काम योजनाबद्ध ढंगबाट गर्ने खुबी नभएका निरौला गफ दिएर हाकिमको चाकडी गर्न माहिर छन् । उनै निरौला भट्टराई हिंडेपछि निमित्त महानिर्देशक हुनुप¥यो उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय तोयनारायण ज्ञवाली र मधु मरासिनीलाई पटक पटक भेटेर अनुनय विनय गरिरहेका छन् भने मुख्यसचिव शंकरदास बैरागी खनालसम्म पनि चाकडी गर्न भ्याइसकेका छन् ।

    अहिले मन्त्रालयको नेतृत्व प्रधानमन्त्री प्रचण्डले लिएका कारण उनको सचिवालयसमेत प्रभावमा पार्न भ्याइसकेका छन् । विभागमा उनले हल्ला चलाएका छन्, आचारसंहिताका कारणले मात्र हो, चैत ३ गतेपछि त विभागको नेतृत्व मैले नै गर्ने हो । अहिले निमित्त भए पनि सिन्को समेत नभाँचेका निरौलाले कर्मचारीलाई तलव खुवाउन समेत इच्छा नदेखाएको विभाग स्रोत बताउँछ । तल्लो तहका कर्मचारी मासिक तलवकै भरमा जीवीकोपार्जन गर्न बाध्य छन्, हाकिमहरुको जस्तो ब्यापारीसँग कनेक्सन नभएका र लाभ लिन नपाएका ती तल्लो तहका कर्मचारीको ब्यथालाई निरौलाले हाँसोमा उडाइरहेका छन् । अहिले बजार अनुगमनको काम पनि ठप्प पारेर प्रशासनिक नेतृत्व र राजनीतिक नेताहरुकोमा चाकडी गर्नमै निरौलालाई भ्याईनभ्याई छ ।

    भट्टराई महानिर्देशक रँदासम्म यदाकदा बजार अनुगमन हुने गरेको कर्मचारीलाई धमिलो अनुभव छ । तर निरौलाले अनुगमन नामामात्रको गर्दैैआाएका छना् ।  फागुन १५ देखि अहिलेसम्म बाणिज्य विभागको ठोस उपस्थिति बजारमा कहीँ देखिंदैन । ब्यापारीहरुको मनपरी छ । उपभोक्ताहरु ठगिएका ठगियै छन् । यस्तो अवस्थामा नियामक निकाय बाणिज्य विभागका निमित्त महानिर्देशक निरौला भने आफूलााई अधिकार छैन भन्दै कालाबजारीलाई प्रोत्साहन गरिरहेका छन् । अरु सबै काम ठप्प पारेका निरौलाले अन्तर्राष्ट्रिय उपभोक्ता दिवस भने भब्यरुपमा मनाउन कर्मचारीलाई तयारी गर्न निर्देशन दिएका छन् । चैत १ गते अन्तर्राष्ट्रिय उपभोक्ता दिवस मनाउने गरिन्छ ।

    बाणिज्य विभागले यसपटकको दिवस मनाउनका लागि निरौलाकै जोडबलमा मुख्यसचिव बैरागीलाई प्रमुख अतिथिको निम्ता दिइएको छ । प्रधानमन्त्री प्रचण्डले सम्हालेको मन्त्रालयमातहतको विभागले कार्यक्रम गर्न लाग्दा पनि राजनीतिक नेतृत्वलाई जानकारी दिन आवश्यक नठानेका निरौलाले निमित्त वा कामु महानिर्देशक पाइन्छ कि भनेर मुख्यसचिवलाई प्रमुख अतिथिका रुपमा बोलाएर चाकडी गर्न लागेको विभाग स्रोतको दाबी छ ।

    मन्त्रालयका सचिवहरुले निरौलाले मुख्यसचिवलाई ल्याउने प्रस्ताव गर्दा सचिवहरुले पनि आफ्नो नल्याऊ भनेर कसरी भन्न सक्थे र ? उनको प्रस्तावलाई सहजै स्वीकारेका सचिवद्वयले निरौलाको कुरा काट्न नसक्दा अन्तर्राष्ट्रय उपभोक्ता दिवसको बारेमा राजनीतिक नेतृत्व बेखबर जस्तै हुन पुगेको छ । उपभोक्ता दिवसको सन्दर्भ पारेर निरौलाकै सुझावमा आधा दर्जन भन्दा बढी उपभोक्तावादी संघ संस्थाहरुले विभागबाट अनुदान लगेका छन् । उपभोक्ता जागरणका नाममा यही दिवसमा खर्च गर्नेगरी यस्तो आर्थिक मन्दीको समयमा फजुल खर्च गरिएकोमा विभागका कर्मचारीहरु असन्तुष्ट छन् । खर्च कटौतीका नाममा बोतलको पानी पिउन समेत मन्त्रालयदेखि विभागसम्म बन्द गरेको सरकारले उपभोक्तावादी नेताहरुलाई छात्ती खोलेर सहयोग गरेको छ ।

    उपभोक्ता अधिकारका लागि भनेर १३ वटा भन्दा बढी संघ संस्था विभागको अभिलेखमा रहेका छन् । अधिवक्ता ज्योति बानियाँ नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्च, प्रेमलाल महर्जन अध्यक्ष रहेको राष्ट्रिय उपभोक्ता मञ्च, शम्भुप्रसाद शाह र शत्रुधनप्रसाद देव नेतृत्वको उपभोक्ता मञ्च नेपाल, माधव तिमिल्सिना नेतृत्वको उपभोक्ता अधिकार अनुसन्धान मञ्च उपभोक्ता अधिकारका लागि खुलेको दाबी गरिरहेका छन् ।

    त्यसैगरी, अप्सरा कोइराला अध्यक्ष रहेको नेपाल उपभोक्ता महिला बालबालिका संरक्षण समूह, विमला खनाल अध्यक्ष रहेको कन्जुमर आई नेपाल, सहदेव गौतम नेतृत्वको नागरिक न्यायिक उपभोक्ता मञ्च, कल्याणी शाह नेतृत्वको सेवा नेपाल पनि उपभोक्ता अधिकारकै लागि खुलेको दाबी गरिरहेका छन् ।

    त्यस्तै, श्यामराजा पाण्डे अध्यक्ष रहेको उपभोक्ता जागरण नेपाल, ओम शर्मा नेतृत्वको सुशासन महासंघ नेपाल, तारा कार्की अध्यक्ष रहेको विश्व उपभोक्ता महासंघ, तेजप्रसाद पंगेनी नेतृत्वको उपभोक्ता अधिकार संरक्षण संघ र रोशनकुमार दाहाल नेतृत्वको उपभोक्ता जागरण तथा हित संरक्षण मञ्च पनि उपभोक्ताकै अधिकारका लागि खुलेको भनिरहेका छन् ।
    यीमध्ये आधाभन्दा बढीले बाणिज्य विभागबाट चैत १ गते हुने उपभोक्ता दिवसका नाममा आर्थिक सहयोग लगिसकेका छन् ।

    एउटा हलमा सामान्य कार्यक्रम गरेर बजेट पचाउनबाहेक उपभोक्ता जागरणका नाममा कुनै उपलब्धी हासिल हुनेछैन । तारे होटलमा गरिएका कार्यक्रमले आम उपभोक्ताहरुमा जागरण नआउने निश्चित हुँदाहुँदै बाणिज्य विभागका कर्मचारीहरुले उपभोक्तावादी नेताहरुलाई खुसी बनाउने नाममा बर्षेनी आर्थिक सहायता बाँड्दै आएका छन् । जुन औचित्यहीन साबित हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार