Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट ८ जनाको मृत्यु


    सोमबार, भाद्र ८ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ। नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । मृतकमा रुपन्देहीका मात्रै ४ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमा ३ जना महिला र ५ जना पुरुष रहेका छन् ।

    मन्त्रालयक प्रवक्ता डा. जागेश्वर गौतमले रुपन्देहीमा ४ जनाको कोरोनाबाट मृत्यु भएको बताए । उनका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षीय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौंका ४८ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

    आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार २ सय ३४ परीक्षणमा ७ सय ४३ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ उपत्यकामा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार