काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप आठ जनाको मृत्यु भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको जानकारी दिए।
मृत्यु हुनेमा रुपन्देहीका चार जना रहको डा. गौतमले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।
सोमबार नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। संक्रमितमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै १ सय ७५ जना कोरोनालाई जितेर घर फर्किएका छन्।