Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोमबार ७४३ जना संक्रमित थपिए, नेपालमा अहिलेसम्म ३२ हजार ६७८ संक्रमित


    सोमबार, भाद्र ८ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गत २४ घण्टामा नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ। 

    काठमाडौं उपत्यकामा आइबार २ सय २४ जना कोरोना संक्रमित थपिएका छन्।

    हाल संक्रिय संक्रितको संख्या १३ हजार ७ सय १५ छ भने ९ हजार १ सय ५४ जना संस्थागत आइसोलेशनमा छन्। ४ हजार ५ सय ६१ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।  देशभर १ सय ३८ जना संक्रमित आइसीयूमा छन् भने १५ जना भेन्टिलेटरमा छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार