काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्मका लागि स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् ।
उपत्यका नगरपालिका फोरमले गरेको नर्णय अनुसार भदौ १५ सम्म यी सेवाहरु बन्द हुने भएका हुन् ।
फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय गरिएको बताएका छन् ।
यसबाहेक काठमाडौंका धेरै ठाँउमा स्थानीय प्रशासनले लकडाउन एवं निषेधाज्ञा जारी गरेका छन् ।